आइतबार, जेठ ५, २०८२ |Mon May, 2025
अक्ल्याण्डको समय: ०४:१४ |सिड्नीको समय: ०२:१४ |काठमाडौंको समय: २१:५९

‘कथित’ समाजवादी मोर्चा भन्दै सूत्रधार  डा.बाबुराम भट्टराई रिसाए

एएनजेड खबरजुन २०, २०२३

 समाजवादी मोर्चाको सूत्रधार डा. बाबुराम भट्टराई नै मोर्चामा नअटाएपछि  कडा आलोचना गरेका छन्। 

पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष रहेका डा. भट्टराईले समाजवादी मोर्चालाई  ‘कथित समाजवादी मोर्चा’को संज्ञा दिएका हुन्। अन्तिम समयमा आएर सामेल हुन नसकेपछि उनले आक्रोश पोखेका हुन्। 

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मिलेर हिजो सोमबार समाजवादी मोर्चा घोषणा गरिएको थियो। 

 तर यस समाजवादी मोर्चाको अवधारणा ल्याउने डा. भट्टराई स्वयं मोर्चामा नसमेटिएपछि तीव्र असन्तुष्टि प्रकट गर्दै समाजवादी मोर्चालाई , यसलाई सत्ता स्वार्थको हतियार नबनाउन चेतावनी समेत दिएका छन्।  

उनले सामाजिक सञ्जाल मार्फत चेतावनी दिएका हुन्। डा. भट्टराई लेख्छन्  ‘समाजवाद संसदीय अङ्कगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु होइन। यो त उदात्त वैचारिकीको निर्देशनमा उन्नत चेतना र उच्च नैतिक धरातल भएका मानवको लामो सामूहिक प्रयत्नले निर्माण हुने अति उन्नत सभ्यताको चरण हो,’। 

 उनले  ‘कथित समाजवादी मोर्चालाई निजी सत्ता स्वार्थका निम्ति भित्री र बाहिरी शक्तिहरूसँग वार्गेनिङ्गको हतियार बनाउने दुष्कर्म नहोस्। केहीलाई सधैँ र धेरैलाई केही बेर ठग्न सकिन्छ तर सबैलाई सधैँ ठग्न सकिन्न भन्ने हेक्का रहोस्।’ भन्दै चेतावनी दिएका हुन्। 

तपाइँको प्रतिक्रिया