सोमबार, वैशाख ८, २०८२ |Tue Apr, 2025
अक्ल्याण्डको समय: ०५:१८ |सिड्नीको समय: ०३:१८ |काठमाडौंको समय: २३:०३

सिटिइभिटीको गाडी सुनकोशी नदीमा खस्यो,३ जना बेपत्ता

एएनजेड खबरजुन २, २०२३

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को गाडी सुनकोशी नदीमा खसेको छ।गाडीमा सवार ३ जना बेपत्ता भएका छन् भने एक जनाको उद्धार गरिएको छ।

सिटिइभिटीको बा १ झ ७४६७ नम्बरको गाडी बिहान करिब ११:३० बजे नदीमा खसेको हो। सिन्धुलीको गोलञ्जोर गाउँपालिका वडा नम्बर ७ लौकुनबाट सडकबाट करिब १ सय ५० मिटर तल नदीमा गाडी खसेको शिन्धुली प्रहरीले जनाएको छ।

गाडीमा ४ जना सवार थिए। चालक दाङको राप्ती घर भएका ३१ वर्षीय कृष्ण चौधरीलाई घाइते अवस्थामा उद्धार गरिएको छ। उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

अन्य तीन जना भने बेपत्ता छन्। सिटिइभिटी प्रशासन महाशाखाका निर्देशक सहसचिव ५७ वर्षीय कृष्णबहादुर केसी, योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र विद्युत प्रशिक्षक ३२ वर्षीय भानु पौडेल बेपत्ता रहेको र खोजी भइरहेको बताइएको छ ।

तपाइँको प्रतिक्रिया