बुधबार, माघ २, २०८१ |Wed Jan, 2025
अक्ल्याण्डको समय: १४:४७ |सिड्नीको समय: १२:४७ |काठमाडौंको समय: ०७:३२

मलेसियाले नेपाललाई २३६ रनको लक्ष दियो !

एएनजेड खबरअप्रिल १८, २०२३

एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज कीर्तिपुरमा भएको उद्घाटन खेलमा मलेसियाले नेपाललाई २३६ रनको लक्ष दिएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले पूरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २३५ रन बनाएको हो। नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले तीन-तीन विकेट लिए।

ललित राजवंशी र गुलशन झाले एक एक विकेट लिए।

मलेसियाका लागि अहमद फैजले ९५ बलमा ७६ रनको सर्वाधिक स्कोर बनाए। त्यसैगरी वीरन्दीप सिंहले ९४ बलमा ४६ रन बनाए ।

अहिले नेपालले जवाफी ब्याटिङ गर्दै छ।

तपाइँको प्रतिक्रिया