आइतबार, माघ ६, २०८१ |Sun Jan, 2025
अक्ल्याण्डको समय: १०:४८ |सिड्नीको समय: ०८:४८ |काठमाडौंको समय: ०३:३३

विदेशमा रहेका नेपालीलाई बसेकै देशबाट भोट हाल्न पाउने व्यवस्था गरिनेछ : प्रधानमन्त्री प्रचण्ड

एएनजेड खबरअप्रिल १५, २०२३

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीहरुलाई बसेकै देशबाट भोट हाल्न पाउने व्यवस्था मिलाउने बताएका छन्।

पार्टीको प्रवास समन्वय समितिद्वारा आयोजित भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले प्रवासी नेपालीलाई प्रवास बाटै मताधिकार प्रयोग गर्न पाउने व्यवस्था गरिने बताएका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘यसबाट लाखौं प्रवासी नेपाली लाभान्वित हुनेछन् र मताधिकारबाट वञ्चित हुनु पर्दैन। यसको व्याव्स्स्था सरकारले छिटै गर्नेछ,।

विदेशमा रहेका नेपालीले पठाएको रेमिटेन्सबाट विदेशी मुद्राको सञ्चितिमा उत्साह थपेको जनाउँदै प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारी सुधारका लागि सरकारले धेरै काम गरिसकेको दाबी अझै थप काम गर्ने प्रतिबद्धता जनाए।

वैदेशिक रोजगारीबाट प्राप्त रेमिटेन्सले विदेशी मुद्रा सञ्चिति ११ महिनालाई पुग्ने संकलन हुनु आफैंमा अर्थतन्त्र सुधारको संकेत रहेको प्रधानमन्त्रीको दावी थियो।

तपाइँको प्रतिक्रिया