मंगलबार, असार १७, २०८२ |Tue Jul, 2025
अक्ल्याण्डको समय: १०:३४ |सिड्नीको समय: ०८:३४ |काठमाडौंको समय: ०४:१९

रौतहटमा गोली चल्यो एक जनाको घटनास्थलमै मृत्यु

एएनजेड खबरअप्रिल १५, २०२३

रौतहटको गढीमाई नगरपालिकामा गोली चल्दा एक जनाको मृत्यु भएको छ ।जग्गासम्बन्धी विवादमा दुई पक्षबीच झडपमा गोली चल्दा स्थानीय राजकुमार राय यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको हो।

घटना गढीमाई नगरपालिका–८ धोबिनियामा भएको हो। गोली लागेका यादवलाई लाई उपचारका लागि वीरगञ्ज लैजादै गर्दा बाटोमा नै मृत्यु भएको छ। गोली कसले चलायो भन्ने प्रहरीले अनुशन्धान गरिरहेको बताइएको छ।

१२ बोरको बन्दुक बाट गोली प्रहार भएको प्रहरीको भनाइ छ । गोली लागेर स्थानीय रामप्रताप यादव, कपिलदेव राय यादव र निरञ्जन यादव घाइते भएका छन् ।

तपाइँको प्रतिक्रिया