सोमबार, पुष २९, २०८१ |Mon Jan, 2025
अक्ल्याण्डको समय: १५:३६ |सिड्नीको समय: १३:३६ |काठमाडौंको समय: ०८:२१

कांग्रेसले बारमा-२ मा उपेन्द्र यादवलाई मत हाल्ने

एएनजेड खबरअप्रिल २, २०२३

नेपाली कांग्रेसले उपनिर्वाचनमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सहयोग गर्ने निर्णय गरेको छ।

आज सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बारा क्षेत्र नम्बर -२ मा उम्मेदवार बनेका यादवलाई सहयोग गर्ने निर्णय गरेको हो।

आगामी वैशाख १० गते प्रतिनिधि सभाको रिक्त रहेका तीन स्थानमा उपनिर्वाचन हुँदैछ। बारासँगै चितवन क्षेत्र नम्बर -२ र तनहुँ क्षेत्र नम्बर -१ मा पनि उपनिर्वाचन हुन लागेको हो।

तपाइँको प्रतिक्रिया