शुक्रबार, चैत ७, २०८१ |Fri Mar, 2025
अक्ल्याण्डको समय: १७:२० |सिड्नीको समय: १५:२० |काठमाडौंको समय: १०:०५

रवि लामिछानेसहित ‘तीनभाइ’को पत्रकार सम्मेलन आज

एएनजेड खबरअप्रिल १, २०२३

पार्टी सभापति रवि लामिछानेसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तीन उम्मेदवारले आज पत्रकार सम्मेलन गर्दै छन्।

चितवन–२ बाट पुनः चुनाव लड्न लागेका लामिछाने, बारा–२ मा उम्मेदवार बन्न लागेका रमेश खरेल र तनहुँ–१ मा उठ्न लागेका डा. स्वर्णिम वाग्ले सहित ‘तीन भाई’ले आज संयुक्त पत्रकार सम्मेलन गर्न लागेका हुन्।

रास्वपा सभापति लामिछानेले शुक्रबारै सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हामी ३ भाइको पत्रकार सम्मेलन, भोलि (शनिबार) ४ बजे (अपराह्न)।’

पूर्वडीआईजीसमेत रहेका खरेल राष्ट्रिय सुशासान पार्टीका अध्यक्ष हुन् भने अर्थविद्समेत रहेका डा. वाग्ले कांग्रेस छाडेर रास्वपामा प्रवेश गरेका हुन्।

प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित सभापति लामिछानेको सांसद पद नागरिकता प्रकरणका कारण गुमेपछि त्यहाँ उपचुनाव गर्न लागिएको हो भने तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति तथा बारा–२ बाट सांसद निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि ती क्षेत्र रिक्त भएकाले उपचुनाव गरी पद पूर्ति गर्न लागिएको हो।

तपाइँको प्रतिक्रिया