सोमबार, पुष २९, २०८१ |Mon Jan, 2025
अक्ल्याण्डको समय: १४:२० |सिड्नीको समय: १२:२० |काठमाडौंको समय: ०७:०५

प्रधानमन्त्री प्रचण्डलाई दोस्रो पटक विश्वासको मत प्राप्त

एएनजेड खबरमार्च २०, २०२३

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। आज बसेको प्रतिनिधिसभाको बैठकबाट उनले नेपाली कांग्रेससहित १० वटा दलबाट विश्वासको मत पाएका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड

प्रचण्डलाई विश्वासको मतको पक्षमा १७२ मत परेको हो। मतदानमा उपस्थित २६२ जनामध्ये प्रस्तावको विपक्षमा ८९ मत परेको छ। मत दिन्न भन्ने पक्षमा १ मत परेको छ।

प्रचण्डलाई नेपाली कांग्रेससहितका ११ दलले विश्वासको मत दिएका हुन्। उनलाई नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले मत दिएनन्। नेपाल मजदुर किसान पार्टी तटस्थ बस्यो।

तपाइँको प्रतिक्रिया