शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: १७:४९ |सिड्नीको समय: १५:४९ |काठमाडौंको समय: ११:३४

एमालेले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने, प्रतिपक्षमा बस्ने

एएनजेड खबरमार्च २०, २०२३

नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने भएको छ । आज बसेको एमाले संसदीय दलको बैठकले विश्वासको मत दिन नसक्ने निर्णय गरेको हो।

एमालेले सरकारले स्थिरता, विकास र समृद्धिका पक्षमा विश्वास लाग्दो आधार निर्माण गर्ने परिस्थिति विकास नगरेकाले कारण विश्वासको मत दिन नसकिने निर्णय गरेको बताएको छ।

जनता र देशको भावनालाई प्रतिपक्षको बेञ्चबाट सशक्त, सिर्जनात्मक र रचनात्मक भूमिका निर्वाह गर्ने, सरकारलाई संसद्प्रति जवाफदेही बनाउने, संसदीय मूल्य मान्यतालाई स्थापित गर्दै अघि बढ्ने निर्णय बैठकले गरेको एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए।

तपाइँको प्रतिक्रिया