शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: १८:१२ |सिड्नीको समय: १६:१२ |काठमाडौंको समय: ११:५७

उपराष्ट्रपति पुनले सरकारी निवास छाडे

एएनजेड खबरमार्च १६, २०२३

उपराष्ट्रपति नन्दबहादुर पुननिजी निवासमा सरेका छन् । उनी आज अपराह्न १ बजे लैनचौरस्थित उपराष्ट्रपति भवन हरितगृहबाट बाट चन्द्रागिरि नगरपालिका वडा नं १ दहचोकस्थित निजी निवासमा सरेका हुन्।

नेपालको संविधानबमोजिम चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुन लागेका सन्दर्भमा निवासको आवश्यक मर्मत तथा सरसफाइ सहजताका लागि आजै निजी निवासमा सरेको उनको प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए ।

निर्वाचित उपराष्ट्रपतिले पद तथा गोपनीयताको शपथ तथा पदभार ग्रहण नगरेसम्म उपराष्ट्रपति पुन निजी निवासबाटै कार्यालयमा जानेछन।

तपाइँको प्रतिक्रिया