शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: १६:४६ |सिड्नीको समय: १४:४६ |काठमाडौंको समय: १०:३१

लघुवित्तिय संस्थाबाट पीडितले गरे माइतीघरमा प्रदर्शन 

एएनजेड खबरमार्च १४, २०२३

देशैभरबाट जम्मा भएका सहकारी संस्था र मिटर ब्याजबाट पीडितले आज काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका छन्। यसअघि सानो सानो समूहमा विरोध प्रदर्शन गर्दै आएका पीडितहरूले यस पटक भने सामूहिक रूपमा प्रदर्शन गरेका हुन्। 

पीडितहरूले लघुवित्तिय संस्था र मिटरब्याजीका नाममा आफूहरूलाई ठगेको र बिचल्ली पारेको भन्दै  विभिन्न माग अघि सारेर नाराबाजी गरेका थिए। । उनीहरूले ऋण मिनाहा गर्नुपर्ने, किसानहरूलाई विना धितो ऋण दिनुपर्ने लगायत माग राखेर प्रदर्शनमा उत्रेका हुन् ।  

प्रदर्शनकारीहरूले ‘,नव सामन्तीको रूपमा स्थापित लघुवित्तिय संस्थाहरू खारेज गर, सामूहिक ऋण मिनाहा गर, निःशुल्क ऋण प्रदान गर लगायतका नारा लगाएर विरोध गरेका हुन्। 

तपाइँको प्रतिक्रिया