शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २२:३१ |सिड्नीको समय: २०:३१ |काठमाडौंको समय: १६:१६

युएईमाथि नेपालको शानदार जित

एएनजेड खबरमार्च १२, २०२३

नेपालले आइसीसी विश्वकप लिग २ अन्तर्गत एक दिवसीय त्रिकोणात्मक सिरिजमा युएईमाथि शानदार जित निकालेको छ। आजको यो जीत संगै नेपालले आगामी ४ वर्षका लागि एक दिवसीय मान्यता समेत जोगाएको हो।

नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको युएई २२.५ ओभरमा ७१ रन बनाउँदा अलआउट भयो। नेपालले युएईलाई १ सय ७७ रनको फराकिलो अन्तरले हराएर ऐतिहासिक जित निकालेको हो।लिग २ मा दोस्रो पटक युएईलाई हराएको घरेलु टोलीले शीर्ष ५ मा रहँदै ओडिआई मान्यता जोगाएको हो। नेपालले अबका बाँकी दुई खेल गुमाएपनि ओडिआई मान्यता कायम रहनेछ।

नेपालसँगको हारले भने युएइले सोझै ओडिआइ मान्यता जोगाउने अवसर गुमाएको छ। अर्को प्ले अफमा शीर्ष ४ मा पर्न नसके युएईको ओडिआई मान्यता गुम्नेछ।

घरेलु मैदानमा नेपालको तर्फबाट ललित राजवंशी एक्लैले पाँच विकेट लिए । ७.५ ओभर बलिङ गरेका ललितले २ मेडन राख्दै २० रन खर्चे। सन्दीप लामिछानेले २ विकेट लिए। सोमपाल कामी, दिपेन्द्रसिंह ऐरि र गुलसन झाले एक एक विकेट लिएका थिए। त्यसअघि कीर्तिपुरस्थि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल ४९.२ ओभरमा २ सय ४८ रनमा अलआउट भयो।

युएईका लागि आयान अफ्जल खान, रोहन मुस्तफा, जवार फरिद र जाहुर खानले समान २ विकेट झारे। आर्यन लाक्रा, जुनैद सिद्दिकीले एक एक विकेट आफ्नो नाममा गरे।

तपाइँको प्रतिक्रिया