शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २२:५४ |सिड्नीको समय: २०:५४ |काठमाडौंको समय: १६:३९

आरआर क्याम्पसमा झडप ३ जना घाइते, खुकुरी सहित १ जना पक्राउ

एएनजेड खबरमार्च ११, २०२३

स्ववियु निर्वाचनले तातिएको काठमाडौंको रत्न राज्यलक्ष्मी क्याम्पसमा स्ववियु चुनावमा उम्मेदवारी दर्ताको दिन खुकुरीसहित एक जना विद्यार्थी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठनका सन्दीप चन्द रहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार उनले स्ववियु चुनावको उम्मेदवारी मनोनयनका क्रममा खुकुरी देखाएका थिए । खुकुरी प्रदर्शन पछि भएको झडपमा ३ जना घाइते भएका छन्।

उनलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ।

तपाइँको प्रतिक्रिया