शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २२:३२ |सिड्नीको समय: २०:३२ |काठमाडौंको समय: १६:१७

उपराष्ट्रपतिको लागि जनमत पार्टीबाट ममता झाको उम्मेदवारी दर्ता

एएनजेड खबरमार्च ११, २०२३

उपराष्ट्रपति निर्वाचनको लागि जनमत पार्टीबाट ममता झाले आफ्नो उम्मेदवारी दर्ता गराएकी छन् । उनले सत्ता गठबन्धनमा रहेका साना दलहरूको तर्फबाट उपराष्ट्रपतिमा उम्मेदवारी गराएकी हुन् ।

सत्तारुढ चार दल (कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादी) बीच उपराष्ट्रपति जसपाले लिने सहमति भए पनि जनमत त्यसमा सहमत भएको छैन ।

आज बालुवाटरमा बसेको गठबन्धनको बैठकले यसबारे कुनै निर्णय गर्न सकेन। साझा उम्मेदवार छनोट गर्न भन्दै प्रधानमन्त्री निवासमा बसेको बैठक विनानिस्कर्स टुंगिएको थियो। बैठक भोलि पुन: बस्ने बताइएको छ।

तपाइँको प्रतिक्रिया