शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २२:५४ |सिड्नीको समय: २०:५४ |काठमाडौंको समय: १६:३९

राष्ट्रपतिको निर्वाचन प्रक्रिया सम्पन्न, आजै परिणाम घोषणा हुने 

एएनजेड खबरमार्च ९, २०२३

आज बिहान १० बजे देखि सुरु भएको राष्ट्रपति निर्वाचनको मतदान प्रक्रिया सकिएको छ।मतदानमा ८३२ जना सांसदले मतदान गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीले भाग लिएनन्।

निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभा र राष्ट्रिय सभातर्फ ३३३ मध्ये ३१४ मत खसेको छ। प्रदेश सभा सदस्यतर्फ ५ सय १८ मत खसेको छ।  अहिले अपराह्न ४ बजेदेखि मत गणना सुर गरी आजै परिणाम सार्वजनिक गर्ने आयोगको तयारी छ। 

मतगणनाका लागि उम्मेदवार रामचन्द्र पौडेलले रमेश लेखक र अर्का उम्मेदवार सुवासचन्द्र नेम्वाङले महेश बर्तौलालाई प्रतिनिधि तोकेका छन्।

तपाइँको प्रतिक्रिया