बुधबार, माघ २, २०८१ |Wed Jan, 2025
अक्ल्याण्डको समय: १५:४५ |सिड्नीको समय: १३:४५ |काठमाडौंको समय: ०८:३०

प्रधानमन्त्री प्रचण्ड माथि परेको रिटको सुनुवाइ आज 

एएनजेड खबरमार्च ९, २०२३

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध दायर भएको रिटमा आज सुनुवाइ हुने भएको छ। सर्वोच्च अदालतमा दायर रिट न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासमा परेको छ ।रिटको इजलास चौथो क्रममा रहेको छ ।

 

३ वर्ष अघि टुँडिखेलमा भएको एक कार्यक्रममा सार्वजनिक रूपमै सशस्त्र द्वन्द्वमा मारिएका १७ हजारमध्ये  १२ हजार तत्कालीन राज्य पक्षले जिम्मा लिने हो भने ५ हजार जनाको  आफूले जिम्मा लिने अभिव्यक्ति दिएका थिए । 

प्रचण्डको त्यही अभिव्यक्तिलाई आधार बनाएर अधिवक्ता ज्ञानेन्द्रराज आरण र द्वन्द्वपीडित कल्याण बुढाथोकीले गत मङ्गलवार दायर गरेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुन हुने भएको छ  । 

द्वन्द्वकालीन समयका कतिपय मुद्दाको टुंगो सत्यनिरुपण तथा मेलमिलाप आयोग द्वारा हल गरिनु पर्ने माओवादीले बताउँदै आएको छ। यसै गरी मुद्दा लगाउँदै जाँदा देश द्वन्द्वमा फस्ने केही विश्लेषकहरूले बताएका छन्। 

तपाइँको प्रतिक्रिया