शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २३:१४ |सिड्नीको समय: २१:१४ |काठमाडौंको समय: १६:५९

राष्ट्रपति निर्वाचनको मतदान प्रक्रिया सुरु,दुवै उम्मेदवारले मत खसाले 

एएनजेड खबरमार्च ९, २०२३

 नेपालको तेस्रो राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । संसद् भवन नयाँबानेश्वरमा दुई वटा  मतदान केन्द्रमा मतदान सुरु भएको हो ।

उम्मेदवारको रूपमा रहेका नेपाली काँग्रेसका वरिष्ठ नेता नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले मतदान केन्द्र पुगेर मतदान गरिसकेका छन्। प्रतिनिधि सभा, राष्ट्रिय सभा र तथा प्रदेश सभाका सदस्यहरूले मतदान गरिरहेका छन्। 

निर्वाचन आयोगले निर्वाचन सकिए लगत्तै ४ बजेपछि संसद् भवनको हलमा मतगणना सुरु गर्ने र आजै बेलुका ७ बजेभित्र मत परिणाम सार्वजनिक गर्ने तयारी गरेको छ । 

सङ्घीय सांसदहरूका लागि रातो र प्रदेश सभा सदस्यहरूका लागि हरियो रङ्गको मतपत्र बनाइएको छ ।सङ्घीय सांसदको मत भार ७९ र प्रदेश सांसदको ४८ छ । 

हाल नेपालको दोस्रो राष्ट्रपतिको रूपमा नेकपा एमालेबाट विद्यादेवी भण्डारी २०७२ कात्तिक ११ गते निर्वाचित भएकी थिइन् ।उनको दुई कार्यकाल यही फागुन २८ गते सकिने छ। 

तपाइँको प्रतिक्रिया