शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २२:०६ |सिड्नीको समय: २०:०६ |काठमाडौंको समय: १५:५१

पाठेघरको क्यान्सर र स्तन क्यान्सरको उपचार सरकारले निःशुल्क गर्छ :प्रधानमन्त्री प्रचण्ड 

एएनजेड खबरमार्च ८, २०२३

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको उपचारलाई  निःशुल्क सेवामा बिस्तार गर्ने बताएका छन्।

आज ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान गर्दै  उपचारलाई विशेष कार्यक्रमको रूपमा निःशुल्क सेवा बिस्तार गरिने बताएका हुन्।

प्रधानमन्त्री दाहालले सात वटै प्रदेशमा निसन्तान उपचार सेवा, वडा स्तरमा नवजात शिशु स्याहार केन्द्रको स्थापना गरिने पनि बताए। त्यसै गरी निजी क्षेत्रमा कार्यरत महिलाहरूलाई समेत अनिवार्यरूपमा सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने नीतिलाई कडाइका साथ लागु गरिने प्रधानमन्त्रीको भनाइ छ। 

प्रधानमन्त्री प्रचण्डले भने,‘पछिल्लो समयमा सूचना तथा प्रविधिमा भएको विकासले समाजका सबै तह र तप्का प्रभावित बनेका छन्। महिला अधिकारको प्रत्याभूतिका लागि सूचना तथा प्रविधिमा महिलाको पहुँच र स्वामित्व अनिवार्य मुद्दा बनेको छ।,’

तपाइँको प्रतिक्रिया