शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: १८:०३ |सिड्नीको समय: १६:०३ |काठमाडौंको समय: ११:४८

राष्ट्रपति निर्वाचनको तयारी पुरा, बिहान १० बजेदेखि मतदान हुने 

एएनजेड खबरमार्च ८, २०२३

भोलि हुने भनिएको राष्ट्रपति निर्वाचनको तयारी पूरा भएको छ । निर्वाचन आयोगका अनुसार तयारी पुरा भएसँगै भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको लागी समय तोकिएको छ ।

राष्ट्रपति पदको प्रतिस्पर्धामा आठ दलको तर्फबाट नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास चन्द्र नेम्वाङ रहेका छन् ।आयोगले  बानेश्वरस्थित संसद् भवन परिसर भित्र  दुई वटा मतदान केन्द्र बनाइएको छ । सङ्घीय सांसदका लागि  र प्रदेशसभा सदस्यहरूलाई फरक फरक  मतदान केन्द्र तोकिएको हो। 

आयोगले मतदान केन्द्रभित्र मोबाइल लैजान प्रतिबन्ध लगाएको छ।३ बजे मतदान सम्पन्न भए लगत्तै ४ बजेबाट मत गणना सुरु गर्ने आयोगले जनाएको छ। राष्ट्रपति निर्वाचनको मत परिणाम  साँझ ७ बजे घोषणा गर्ने आयोगको तयारी छ।

तपाइँको प्रतिक्रिया