मंगलबार, फागुन ६, २०८१ |Wed Feb, 2025
अक्ल्याण्डको समय: ०२:१४ |सिड्नीको समय: ००:१४ |काठमाडौंको समय: १८:५९

कालोमोसो दस्ताका केन्द्रीय संयोजक थापा पक्राउ

एएनजेड खबरमार्च ८, २०२३

कालोमोसो दस्ताका केन्द्रीय संयोजक शम्भु थापालाई चितवन प्रहरीले पक्राउ गरेको छ। केही दिन अघि मात्रै व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा गठित धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानले थापालाई कालोमोसो दस्ताको संयोजक तोकेको थियो।

प्रहरीका अनुसार बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर धम्की दिएपछि अनुसन्धानको लागि उनलाई हिजो नियन्त्रणमा लिएको हो।

संयोजक थापाले बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने घोषणा गरेका थिए । गत फागुन १३ गते प्रसाईं चितवन आएका दिन उनको नेतृत्वमा कालोमोसो लेखिएको टिसर्ट लगाएर युवाहरु परिचालन गरिएको थियो ।

थापाको नेतृत्वमा कालोमोसो दल्ने दस्ता नै घोषणा गरेपछि बैंक तथा वित्तीय क्षेत्रमा डर त्रास सिर्जना भएका थियो। थापाले एक कार्यक्रममा बैंक तथा वित्तीय संस्थाका प्रमुखहरु कालोमोसो दल्ने घोषणा गरेका थिए । थापाको धम्कीपूर्ण अभिव्यक्तिले सबैक्षेत्रमा प्रभाव पार्ने देखिएकाले पक्राउगरी अभद्र व्यवहारको मुद्दा चलाउने तयारी गरिएको चितवन प्रहरीले बताएको छ।

तपाइँको प्रतिक्रिया