शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: १७:११ |सिड्नीको समय: १५:११ |काठमाडौंको समय: १०:५६

प्रचण्ड विरुद्धको मुद्दा सङ्क्रमणकालीन न्यायकै विधिबाट समाधान गर्नुपर्छ : रमेश लेखक 

एएनजेड खबरमार्च ७, २०२३

नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सङ्क्रमणकालीन न्यायका विषयमा अदालतबाट फैसला गर्नु ठिक नहुने बताएका छन्। आज सिंहदरबारमा बसेको सत्तारुढ गठबन्धनद्वारा गठित कार्यदलको बैठकपछि सञ्चार कर्मीहरूसँग बोल्दै यो अदालतको विषय नभएको बताएका हुन् । 

उनले भने ,’नेपाली काँग्रेस द्वन्द्वका बेलामा भएका सबै घटनाहरू सङ्क्रमणकालीन न्यायकै विधिबाट समाधान गर्नुपर्छ भन्ने पक्षमा छ।न्याय दिने कुरामा  केही कमजोरी भएको छ। पीडितहरूले न्याय र परिपूरण पाएका छैनन्।,’

लेखकले अदालतबाट फौजदारी न्यायको प्रक्रियाबाट टुङ्ग्याउनु गलत हुने बताए।  उनले भने, ‘सत्यनिरुपण तथा मेलमिलाप आयोगबाटै द्वन्द्वकालीन मुद्दा टुंगोमा पुर्‍याउनुपर्छ।  यो विषयमा अदालत बोलिसकेको छ।’

उनले ,’प्रधानमन्त्रीलाई मुद्दा त पर्छ मुद्दा पर्नै हुन्न भन्ने होइन। तर यही मुद्दाबारे पनि सर्वोच्च अदालतले द्वन्द्वकालीन मुद्दाको निरूपण हुनुपर्छ भनेको छ। प्रचण्ड विरुद्धको मुद्दाको विषय पनि सामान्य फौजदारी कानुनबाट टुङ्गिने होइन, सङ्क्रमणकालीन न्यायमै जानुपर्छ।’

तपाइँको प्रतिक्रिया