शुक्रबार, फागुन २, २०८१ |Sat Feb, 2025
अक्ल्याण्डको समय: ०६:५५ |सिड्नीको समय: ०४:५५ |काठमाडौंको समय: २३:४०

एमालेमाथि चारैतिरबाट प्रहार भयो : अध्यक्ष ओली 

एएनजेड खबरमार्च ४, २०२३

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले राम्रो काम गर्न खोज्दा सबैतिरबाट प्रहार भइरहेको बताएका छन्।

आज भक्तपुरमा आयोजित एमाले निकट बुद्धिजीवी परिषद्को केन्द्रीय समितिको बैठकमा बोल्दै ओलीले आफ्नो पार्टीले राम्रो गर्न खोज्दा  चारैतिरबाट प्रहार हुनु मुलुकका लागि दुर्भाग्य भएको टिप्पणी गरेका हुन् । 

ओलीले भने,‘दुर्भाग्यको कुरा एमाले जस्तो पार्टीले देशका लागि राम्रो गर्न खोज्दा सबैतिरबाट प्रहार केन्द्रित हुन्छ। यथार्थता त यही हो नि । किनभने सामाजिक परिवर्तन र रूपान्तरणका विरोधी शक्तिहरू, आफ्ना छुद्र स्वार्थमा अल्झिएका शक्तिहरू सत्ता कब्जा गर्न सफल भएका छन् ।’

अध्यक्ष ओलीले जनतालाई अलमल्याउने, दिग्भ्रमित पार्ने र पथ भ्रष्ट बनाउने तत्त्वहरूबाट जनतालाई मुक्त गराउन बुद्धिजीवीहरूले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने समेत बताए ।

तपाइँको प्रतिक्रिया