शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २१:२० |सिड्नीको समय: १९:२० |काठमाडौंको समय: १५:०५

नेपालले पीएनजीलाई ३ विकेटले हरायो

एएनजेड खबरमार्च ३, २०२३

आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत आज भएको नेपाल र पपुवा न्यूगिनीबीचको खेल नेपालले जितेको छ।नेपालले पपुवा न्यूगिनीलाई ३ विकेटले हराएको हो ।

पपुवा न्यूगिनीले दिएको १८० रनको लक्ष्य नेपालले २ ओभर बाँकी छँदा ७ विकेट गुमाएर भेट्टायो ।

नेपालका ओपनर आसिफ सेखले नटआउट ८६ र सन्दीप लामिछानेले नटआउट ३५ रन जोडे । खराब सुरुवात गरेको नेपालले १०५ रन बनाउँदा ७ विकेट गुमाइसकेको थियो ।

निकै दवाबमा रहेको नेपालका लागि आसिफ र सन्दीपले ७७ रनको साझेदारी गरेपछि नेपालको जित निश्चित भएको हो ।

तपाइँको प्रतिक्रिया