शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २१:४६ |सिड्नीको समय: १९:४६ |काठमाडौंको समय: १५:३१

नेपालमा गैर आवासीय नेपालीले संयुक्त इन्भेस्टमेन्ट कम्पनी स्थापना गर्न पाउने

एएनजेड खबरमार्च ३, २०२३

सरकारले  गैर-आवासीय नेपालीलाई नेपालमा सहजै लगानी भित्र्याउन प्रोत्साहन गर्ने हेतुले  इन्भेष्टमन्ट कम्पनी स्थापनाका सर्तहरू संशोधन गरेको छ ।उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको संशोधन पछि गैर आवासीय नेपालीले नेपालमा उद्योगको रूपमा गैर इन्भेस्टमेन्ट कम्पनी स्थापना गर्न पाउने भएका हुन् ।

गैर आवासीय नेपालीलाई नेपालमा लगानी भित्र्याउन प्रोत्साहन गर्ने गरी कम्पनी स्थापनाको सर्त संशोधन गरिएको उद्योग विभागले जनाएको छ। 

नेपाल सरकारसँग मिलेर उद्योगको रूपमा अब गैर आवासीय नेपालीले पनि संयुक्त लगानीमा कम्पनी खोल्न पाउने निर्णय भएको  विभागले बताएको हो ।  यस अघि नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा मात्रै इन्भेस्टमेन्ट कम्पनी उद्योगको रूपमा दर्ता गर्न पाइने नियम थियो । 

नेपाल सरकारको यस निर्णयले नेपालमा गैर आवासीय नेपालीको लगानी भित्र्याउन सहज हुने विश्वास गरिएको छ। संशोधित सर्तअनुसार कम्पनीले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनले तोकेको क्षेत्रमा न्यूनतम १० करोडदेखि लगानी गर्न सक्ने बताएको हो  । 

गैर आवासीय नेपालीले सरकारसँग मिलेर स्थापना गरेको इन्भेस्टमेन्ट कम्पनीलाई पूर्वाधार सम्बन्धी परियोजनाको बोन्ड र डिबेन्चरमा लगानी गर्न पाउने व्यवस्था समेत गरिएको छ ।

तपाइँको प्रतिक्रिया