शुक्रबार, चैत ७, २०८१ |Fri Mar, 2025
अक्ल्याण्डको समय: १७:०५ |सिड्नीको समय: १५:०५ |काठमाडौंको समय: ०९:५०

 संसद् विघटन ठिक थियो भन्ने अभिव्यक्ति दिएपछि नयाँ विकल्प खोज्नु पर्‍यो : प्रधानमन्त्री दाहाल 

एएनजेड खबरमार्च २, २०२३

१८ फागुन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन ठिक थियो भन्ने अभिव्यक्ति दिएपछि नयाँ विकल्प खोज्नु परेको बताएका छन् आज सङ्घीय सांसदहरूको अभिमुखीकरण कार्यक्रममा बोल्दै दाहालले प्रतिनिधिसभा बैठकमा ओलीले दिनु भएको अभिव्यक्तिका कारण नयाँ गठबन्धन बन्ने आधार बनेको ठोकुवा गरेका हुन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले गत पुस २६ मा आफूले विश्वासको मत लिने दिन एमाले अध्यक्ष ओलीले संसद्लाई सम्बोधन गर्दै  प्रतिनिधिसभा विघटन ठिक थियो भन्ने अभिव्यक्ति दिएपछि आफूलाई आशङ्का उत्पन्न भएको बताए। 

प्रधानमन्त्री दाहालले भने  ‘मेरा लागि प्रधानमन्त्री पद ठुलो कुरा होइन, संविधान र लोकतन्त्रको रक्षा ठुलो कुरा हो। पुस २६ गतेको संसद्मा केपीजीले हिजो संसद् विघटन गर्नु ठिक थियो भन्नुभयो । हामी संसद् विघटनको विपक्षमा थियौँ । हामी आफैँले त्यत्रो सङ्घर्ष गरेर संसद् फिर्ता ल्याएका थियौँ। तर, उहाँले ठिक गरेका थियौँ भनेपछि हामी सोच्न बाध्य भयौँ’।

तपाइँको प्रतिक्रिया