शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: १७:०५ |सिड्नीको समय: १५:०५ |काठमाडौंको समय: १०:५०

मन्त्रिपरिषद् पुनर्गठन, नवनियुक्त मन्त्रीको सपथ सोमबार बिहान ११ बजे

एएनजेड खबरजुन २७, २०२२

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्री हेरफेर भएका छन् ।

एकीकृत समाजवादीबाट नेताहरु जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी शहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् ।

राष्ट्रपति कार्यालयले आइतबार साँझ एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेको उल्लेख गरेको छ ।

नवनियुक्त मन्त्रीहरुको सपथ सोमबार बिहान ११ बजे हुने भएको छ । राष्ट्रपति कार्यालय श्रोतले ११ बजेका लागि सपथको तयारी भएको जानकारी दिएको छ ।

तपाइँको प्रतिक्रिया