शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २१:३२ |सिड्नीको समय: १९:३२ |काठमाडौंको समय: १५:१७

पूर्व डीआईजी रञ्जन कोइरालाको सजाय घटाउने फैसला उल्टियो

एएनजेड खबरमे २६, २०२२

काठमाडौँ — श्रीमतीको हत्या गरेर जेल परेका सशस्त्र प्रहरीका पूर्व डीआईजीको सजाय घटाउने गरी निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाले गरेको फैसला सर्वोच्चले उल्टाएको छ । सर्वोच्चको पूर्ण इजलासले निलम्बित प्रधानन्यायाधीश राणाले कैद सजाय घटाएर ८ वर्ष कायम गरिदिएको सजायलाई उल्टाएर २० वर्ष नै बनाइदिएको छ ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीशहरु टंक मोक्तान र कुमार चुडालको इजलासले सो निर्णय गरेको हो ।

कोइरालाको कैद सजाय घटाउन प्रधानन्यायाधीश चोलेन्द्र राणासहितको इजलासले उल्लेख गरेको मुलुकी ऐन १८८ नम्बरको प्रयोग यसअघि सर्वोच्चले प्रतिपादन गरेका कानुनी सिद्धान्तविपरीत हुने भन्दै पुनरावलोक गरेको थियो।

तपाइँको प्रतिक्रिया