शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: १६:४६ |सिड्नीको समय: १४:४६ |काठमाडौंको समय: १०:३१

चन्द्रागिरिमा कांग्रेसका घनश्याम गिरी विजयी

एएनजेड खबरमे २०, २०२२

काठमाडौं-काठमाडौंको चन्द्रागिरि नगरपालिकामा नेपाली कांग्रेसका घनश्याम गिरी निर्वाचित भएका छन्। उनले १५४७५ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उत्तमबहादुर राउतले १४६५१ मत ल्याए।

गिरी अघिल्लो निर्वाचनमा पनि विजयी भएका थिए। उपमेयरमा भने एमालेकी बसन्ती श्रेष्ठ विजयी भइन्। उनले १५५६४ मत प्राप्त गरिन्। निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाका रोसन दानीले ४४५९ मत मात्र पाउन सके।

तपाइँको प्रतिक्रिया