शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २२:२१ |सिड्नीको समय: २०:२१ |काठमाडौंको समय: १६:०६

बैतडीको पुर्चौडीमा दुवै पदमा कांग्रेस उम्मेदवार विजयी

एएनजेड खबरमे १८, २०२२

बैतडी – बैतडीको पुर्चौडी नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार ‍विजयी भएका छन् । मेयरमा दीपकबहादुर बम र उपमेयरमा मीना धानुक निर्वाचित भएका छन् ।

बमले ५ हजार ८८० मत ल्याए भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका कर्णबहादुर कुवँरले ३ हजार ९६५ मत पाएका छन् । माओवादी केन्द्रका बिक्रम कुवँर प्रतीकले ३ हजार ९०६ मत ल्याएका छन् ।

उपमेयरमा निर्वाचित धानुकले ५ हजार २०० मत ल्याइन् भने उनकी निकटतम् प्रतिस्पर्धी एमालेकी जानकी बोहरा साउदले ४ हजार ६१२ मत पाइन् । माओवादी केन्द्रकी नन्दाकुमारी शाहले ३ हजार ९२३ मत ल्याइन् 

तपाइँको प्रतिक्रिया