शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २२:१५ |सिड्नीको समय: २०:१५ |काठमाडौंको समय: १६:००

सर्लाही हरिपूर्वाको मेयर र उपमेयरमा कांग्रेस विजयी

एएनजेड खबरमे १८, २०२२

सर्लाही – सर्लाहीको हरिपुर्वा नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मतगणनाको अन्तिम परिणाम अनुसार मेयरमा नेपाली कांग्रेसका उम्मेदवार विनोद कुमार साह तेली विजयी भएका हुन् । साहले ५ हजार ९९ मत प्राप्त गरे ।

उनका निकटतम प्रतिस्पर्धीमा जनता समाजवादी पार्टीका योगनारायण राय १ हजार ६०६ मत अन्तरले पराजित हुन पुगे । उनले ३ हजार ४९३ मत मात्र प्राप्त गरे ।

यस्तै उपमेयर पदमा पनि नेपाली कांगे्रसकी सुमित्रा देवी ग्वारनी ४ हजार ३९१ मतसहित विजयी भएकी छन् । उनको निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीकी सुनिता देवी यादवले ३ हजार ४०० मत प्राप्त गरिन् ।

तपाइँको प्रतिक्रिया