शनिबार, साउन १२, २०८१ |Sun Jul, 2024
अक्ल्याण्डको समय: ०३:३२ |सिड्नीको समय: ०१:३२ |काठमाडौंको समय: २१:१७

ललितपुरमा चिरिबाबुको अग्रता कायमै

एएनजेड खबरमे १७, २०२२

काठमाडौं – ललितपुुर महानगरपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार अहिलेसम्म ललितपुरमा १३ हजार ८१६ मतगणना सकिएको छ ।

पछिल्लो मत परिणामानुसार प्रमुख पदमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेदवार चिरिबाबु महर्जनले ७ हजार ७०२ मतसहित अग्रता कायमै राखेका छन् । उनका प्रतिस्पर्धी हरिकृष्ण व्यञ्जनकारले ३ हजार ३७४ मत पाएका छन् ।

उपप्रमुखमा भने नेकपा (एमाले) का उमेदवार अगाडि छिन् । एमालेकी मन्जली शाक्यले तीन हजार ९६५ मत पाएकी छन् । गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उमेदवार बाबुराज बज्राचार्यले दुई हजार ७१५ मतसहित उनलाई पछ्याइरहेका छन् ।

तपाइँको प्रतिक्रिया