शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २२:२३ |सिड्नीको समय: २०:२३ |काठमाडौंको समय: १६:०८

काठमाडौंमा काँग्रेसले खाता खोल्यो

एएनजेड खबरमे १६, २०२२

काठमाडौं– काठमाडौंको दक्षिणकाली नगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । यसैगरी उपमेयरमा पनि काँग्रेसले नै जीत हासिल गरेको छ ।
दक्षिणकालीमा काँग्रेसका मोहन बस्नेत विजयी भएका हुन्। बस्नेत विसं २०७४ को स्थानीय तह निर्वाचनमा पनि दक्षिणकालीको नगरप्रमुख पदमा विजयी भएका थिए । उनले सात हजार २०१ मत प्राप्त गरेको नगरेका थिए ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका श्रीराम आचार्यले पाँच हजार १९२ मत पाए । नगर उपप्रमुखमा पनि काँग्रेसकै वसन्ती डङ्गोल तामाङ विजयी भइन् । तामाङले सात हजार ६२३ मत पाएको नगर निर्वाचन कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका इन्दिरा न्यौपानेले चार हजार ८३० मत पाइन् ।

तपाइँको प्रतिक्रिया