शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २२:३७ |सिड्नीको समय: २०:३७ |काठमाडौंको समय: १६:२२

बागलुङको तमानखोला अध्यक्षमा कांग्रेसका बुढा निर्वाचित

एएनजेड खबरमे १५, २०२२

बागलुङ – बागलुङको तमानखोला गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका जोकलाल बुढा निर्वाचित भएका छन् । २ हजार ७०७ मत ल्याएर बुढा पुनः अध्यक्षमा निर्वाचित भएका हुन् । बुढा २०७४ सालको निर्वाचनबाट पनि अध्यक्षमा निर्वाचित भएका थिए ।
अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेद्वार देवबहादुर पुनले एक हजार ९९५ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार देवेन्द्र छन्त्यालले ३९२ मत पाएका छन् ।
गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसकी हिरा कुमारी छन्त्याल दुई हजार ७१९ मत ल्याएर निर्वाचित भएकी छन् । उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी निसु रसाइलीले १ हजार ९५८ मत प्राप्त गरेकी छिन् ।

वडाध्यक्षमा वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका थमबहादुर रोका, वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रका नारायण सुनार, वडा नम्बर ३ मा नेपाली काँग्रेसका झकबहादुर बुढा निर्वाचित भएका छन् । त्यस्तै वडा नम्बर ४ मा नेकपा माओवादी केन्द्रका छवि श्रीपाली, वडा नम्बर ५ मा नेपाली कांग्रेसका हिराबहादुर श्रीपाली र वडा नम्बर ६ मा नेपाली कांग्रेसकै चित्र छन्त्याल निर्वाचित भएका छन् ।

तपाइँको प्रतिक्रिया