शुक्रबार, चैत ७, २०८१ |Fri Mar, 2025
अक्ल्याण्डको समय: १७:१८ |सिड्नीको समय: १५:१८ |काठमाडौंको समय: १०:०३

तनहुँ जिल्ला अदालतमा पल शाहविरुद्ध मुद्दा दर्ता

एएनजेड खबरमार्च २२, २०२२

काठमाडौं– तनहुँ जिल्ला अदालतमा बालिका बलात्कारको अभियोगमा हिरासतमा रहेका अभिनेता पल शाहमाथि १४ वर्ष कैद सजायको मागदाबी गर्दै मुद्दा दर्ता गरिएको छ ।
मंगलबार जिल्ला सरकारी वकिल कार्यालय तनहुँले जिल्ला अदालत तनहुँमा जबरजस्ती करणीको कसुरमा मुद्दा दर्ता गराएको हो ।
जिल्ला सरकारी वकिल कार्यालय तनहुँका जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माका अनुसार वारदातको समयमा पीडित बालिकाको उमेर १६ वर्षभन्दा कम रहेको कारण पलमाथि १२ देखि १४ वर्ष कैद सजाय र मनासिब क्षतिपूर्तिको मागदाबी गर्दै मुद्दा दर्ता भएको हो ।

तपाइँको प्रतिक्रिया