मंगलबार, फागुन ६, २०८१ |Tue Feb, 2025
अक्ल्याण्डको समय: ०१:१६ |सिड्नीको समय: २३:१६ |काठमाडौंको समय: १८:०१

प्रेस युनियनको नवौं महाधिवेशन जेठमा हुने

एएनजेड खबरमार्च १४, २०२२

काठमाडौं– नेपाल प्रेस युनियनको नवौं महाधिवेशन जेठमा हुने भएको छ। आइतबार बसेको युनियनको बैठकले नवौं महाधिवेशन ०७९ जेठ १३ र १४ गते गर्ने निर्णय गरेको हो ।
महाधिवेशन बागमती प्रदेशको राजधानी हेटौंडामा हुनेछ। युनियनको २०७१ भदौमा पोखरामा आठौं महाधिवेशन भएको थियो भने उक्त महाधिवेशनबाट अध्यक्षमा बद्री सिग्देल निर्वाचित भएका थिए।
प्रेस युनियन नेपाली कांग्रेसको शुभेच्छुक संस्था हो।

तपाइँको प्रतिक्रिया