मंगलबार, फागुन ६, २०८१ |Tue Feb, 2025
अक्ल्याण्डको समय: ०१:५६ |सिड्नीको समय: २३:५६ |काठमाडौंको समय: १८:४१

सिरहा कांग्रेस सभापतिमा रामचन्द्र यादव निर्वाचित

एएनजेड खबरमार्च ८, २०२२

सिरहा – नेपाली कांग्रेस सिरहाको सभापतिमा रामचन्द्र यादव निर्वाचित भएका छन् । उनी लगातार दोस्रो पटक पार्टीको जिल्ला सभापति बनेका हुन् ।
यादव एक हजार ४२६ मत ल्याएर दोस्रो पटक सभापतिमा निर्वाचित भएका हुन् । सभापति पदका अर्का उम्मेदवार रामसुन्दर चौधरीले ८८७ मत प्राप्त गरे ।

सोमबार भएको निर्वाचनमा दुई हजार ४७५ मत खसेको थियो । जसमा १६० मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

तपाइँको प्रतिक्रिया