शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २२:०३ |सिड्नीको समय: २०:०३ |काठमाडौंको समय: १५:४८

सामाजिक सञ्जालको दुरूपयोग गरी अफवाह फैलाए कारबाही गर्ने प्रहरीको चेतावनी

एएनजेड खबरमार्च ४, २०२२

काठमाडौं – सामाजिक सञ्जालको दुरुपयोग गरी युट्युब, टिकटकलगायतमा अनुसन्धान कार्यलाई प्रभावित पार्ने कार्य भइरहेको भन्‍दै उक्त कार्य नगर्न नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्‍यूरोले आग्रह गरेको छ ।
साइबर ब्‍यूरोले शुक्रबार सूचना जारी गर्दै विगत केही समयदेखि विभिन्‍न व्‍यक्ति तथा समूहले प्रविधिको दुरुपयोग गरी गम्भीर प्रकृतिको अपराध अनुसन्धान कार्यलाई प्रभावित पार्ने कोशिस गरिरहेको भन्दै ध्यानाकर्षण गराएको हो ।
यस्ता कार्य गरेमा विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार कारबाही हुने भन्दै यस्ता कार्य नगर्न आग्रह गरेको हो ।

तपाइँको प्रतिक्रिया