शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: १८:०० |सिड्नीको समय: १६:०० |काठमाडौंको समय: ११:४५

कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा चयन

एएनजेड खबरमार्च २, २०२२

काठमाडौं – नेपाली कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा चयन भएका छन् ।पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मकवानपुर जिल्ला अधिवेशनबाट निर्वाचित भएका उनलाई निर्वाचन अधिकृत गोपी शर्मा सुवेदीले आज प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।

सोमबार सम्पन्न अधिवेशनमा लामासँग आनन्दराम पराजुली र जयराम लामिछाने चुनावी प्रतिस्पर्धामा थिए । तीनैजनाले ५१ प्रतिशत मत प्राप्त गर्न सफल नभएपछि सबैभन्दा बढी मत ल्याउने उमेदवार र निकटतम प्रतिस्पर्धीबीच चुनावी प्रतिस्पर्धा गर्ने कांग्रेसको प्रावधान रहेको छ । तर, निकटतम प्रतिस्पर्धी पराजुलीले लामाकै बढी मत आएको भन्दै हार्दिकता देखाएपछि लामा दोस्रो चरणमा निर्विरोध भएका हुन् ।

तपाइँको प्रतिक्रिया