शनिबार, साउन १२, २०८१ |Sun Jul, 2024
अक्ल्याण्डको समय: ०४:०० |सिड्नीको समय: ०२:०० |काठमाडौंको समय: २१:४५

बैतडी टिप्पर दुर्घटना हुँदा ४ जनाको मृत्यु

एएनजेड खबरफ्रेब्रवरी २२, २०२२

बैतडी – बैतडीको पाटनमा आज भएको टिप्पर दुर्घटनामा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा परी तीनको घटनास्थलमै तथा एक जनाको उपचार गर्न अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।
गुजरबाट पाटनतर्फ आइरहेको बा ३ ख ४८७९ नंको टिप्पर झाडीमालीमा दुर्घटनामा परेको हो । विद्यालयको छुट्टी भएपछि घर फर्किरहेका विद्यार्थी उक्त टिप्परमा चढेका थिए । टिप्पर सडकबाट ३०० मिटर तल खसेको थियो ।
इलाका प्रहरी कार्यालय पाटनका अनुसार मृत्यु हुनेमा सिगास मावि गुरुडामा अध्ययनरत पाटन नगरपालिका–३ का १२ वर्षीय ज्ञानु विष्ट, १७ वर्षीय ललित अवस्थी, १४ वर्षीय राजेन्द्र पन्त र पाटन नगरपालिका–३ कै ४५ वर्षीय जनकराज पन्त रहेका छन् । राजेन्द्रको उपचार गर्न डडेल्धुरा अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । अन्य तीनको घटनास्थलमा ज्यान गएको हो ।

दुर्घटनामा पाटन नगरपालिका–३ का २० वर्षीय सन्दीप विष्ट, १२ वार्षीय सुनिल भट्ट, १२ वर्षीय अमित विष्ट, १२ वर्षीय सुदीप पन्त र महेशप्रसाद पन्त छन् । उनीहरुमध्ये सन्दीपको अवस्था गम्भीर रहेकाले धनगढी रेफर गरिएको छ भने अन्य चारजनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।
टिप्पर चालक रमेश विष्ट प्रहरीको नियन्त्रणमा छन् ।

तपाइँको प्रतिक्रिया