शुक्रबार, असार २०, २०८२ |Fri Jul, 2025
अक्ल्याण्डको समय: १६:३६ |सिड्नीको समय: १४:३६ |काठमाडौंको समय: १०:२१

आजबाट सबै भिषावहाक अष्ट्रेलिया आउन पाउने

एएनजेड खबरफ्रेब्रवरी २१, २०२२

अस्ट्रेलिया – आज सोमवार फेब्रुअरी २१ देखि सबै भिषावहाकका लागि अस्ट्रेलियाको सीमा खुल्ला भएको छ । तर प्रवेशको लागि कोभिड– १९ को दुई मात्रा खोप लगाएको भने हुनुपर्दछ ।
अस्ट्रेलियाको सीमा बन्द रहेको झन्डै १०० हप्ता पछि पुनः खुलेको हो। संघिय सरकारको सुरक्षा समितिले यसअघि नै फेब्रुअरी २१ तारिखदेखि सबै भिषावहाकका लागि सिमाना खुल्ला गर्ने निर्णय गरेको थियो
अष्ट्रेलिया प्रवेशको लागि सरकारले मान्यता प्राप्त कोरोना खोपको पुर्ण मात्रा लगाएको हुनुपर्नेछ । अष्ट्रेलियाले यात्राका लागि विभिन्न १० प्रकारका खोपलाई मान्यता दिएको छ ।

तपाइँको प्रतिक्रिया