शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २२:३२ |सिड्नीको समय: २०:३२ |काठमाडौंको समय: १६:१७

अस्ट्रेलियामा कोरोनाका कारण ५६ जनाको मृत्यु

एएनजेड खबरफ्रेब्रवरी १०, २०२२

अस्ट्रेलिया– अस्ट्रेलियामा कोरोना भाइरसका कारण ४९ जनाको मृत्यु भएको छ । आज अस्ट्रेलिया विभिन्न राज्यहरु न्यु साउथ वेल्स, भिक्टोरिया, क्वीन्सल्यान्ड र टास्मेनियामा गरेर उक्त संख्यामा मानिसहरुको मृत्यु भएको हो ।

पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्समा हाल १,७९५ बिरामीहरु कोभिड– १९ का कारण अस्पताल भर्ना भएका छन् भने ती मध्ये १२१ जना आइसियुमा छन्। राज्यको स्वास्थ्य विभाग अनुसार हिजो राती आठ बजेसम्मको अवधिमा २४ जनाको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ भने थप १०,१३० जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको थियो।

त्यसैगरी भिक्टोरियाली अस्पतालहरूमा हाल ५४३ कोभिड–१९ का बिरामी रहेका छन् भने ती मध्ये ७५ जनाको उपचार सघन कक्षमा भइरहेको छ। २३ भिक्टोरियालीहरू भने भेन्टिलेटरमा राखिएका छन्। राज्यले पछिल्लो २४ घण्टामा थप ९,३९१ नयाँ सङ्क्रमण थपिएका छन् भने २३ जनालाई कोभिड– १९ का कारण मृत्यु भएको छ।

क्वीन्सल्यान्डमा थप ६,९०२ जनामा कोभिड– १९ सङ्क्रमण पुष्टि गरिएको छ। कोरोनाभाइरस सङ्क्रमणका कारण आठ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा टास्मेनियामा कोभिड– १९ सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । थप ६३७ जनामा सङ्क्रमण पुष्टि भएको छ।
साथै क्यानबेरामा भने थप ५०० जनामा नयाँ सङ्क्रमण पुष्टि भएका छ।

तपाइँको प्रतिक्रिया