शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २१:५७ |सिड्नीको समय: १९:५७ |काठमाडौंको समय: १५:४२

गायक बुद्ध मोक्तानको ‘बोलीमा गोली’ सार्वजनिक

एएनजेड खबरफ्रेब्रवरी ६, २०२२

काठमाडौं– युवा गायक बुद्ध मोक्तानको नयाँ गीत ‘बोलीमा गोली’को म्युजिक भिडियो सार्वजनिक भएको छ। सन्ध्या सुस्केरा मोक्तानको शब्द र प्रकाश तामाङ ‘तितुंग’ को संगीत रहेको गीतको भिडियोमा नायिका नम्रता सापकोटा र स्वयम गायक बुद्ध मोक्तानको अभिनय रहेको छ।  
सिन्धुलीको रमणीय स्थलमा छायांकन गरिएको भिडियोमा धन योञ्जन तामाङको सिनेमाटोग्राफी ,माधव बेलबासेको सम्पादन र मोहन अधिकारीको निर्देशन रहेको छ ।
जिग्मे मिडियाको युट्युब च्यानलबाट सार्वजनिक गीतको भिडियोलाइ रिलिज संगै सकारात्मक प्रतिक्रिया आएको छ
गायक बुद्धका यसअघिका गीतहरुलाई पनि दर्शकको राम्रो साथ रहेको थियो ।

तपाइँको प्रतिक्रिया