शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: १७:४९ |सिड्नीको समय: १५:४९ |काठमाडौंको समय: ११:३४

२४ लाख खोप खोजी गर्न पाँच सदस्य छानबिन समिति गठन

एएनजेड खबरफ्रेब्रवरी १, २०२२

काठमाडौं– २४ लाख मात्रा खोप रेकर्डमा नभेटिए पछि सरकारले खोप खोजी गर्न ५ सदस्य छानविन समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डा. गुणराज लोहनीको अध्यक्षतामा ५ सदस्यीय खोप छानविन समिति गठन बनाएको हो ।
समितिको सदस्य सचिवमा डा.गुणनिधि शर्मा, डा.अभियान गौतम, सदस्यहरूमा यशोदा अर्याल, अनिल थापा रहेका छन् ।
विगत एक वर्षदेखि खोप अभियान सञ्चालन हुँदै आएको छ । यसअवधिमा २४ लाख मात्रा खोप रेकर्डमा नरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
भने अवको दुई हप्तामा सरकारलाई प्रतिवेदन बुझाउने जिम्मेवारी समितिलाई दिइएको छ । सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाविरुद्धको खोप मौज्दात र खोप लगाइएका सबै व्यक्तिहरुको विवरण उपलब्ध गराउन सार्वजनिक सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छ ।
खोपको सम्पूर्ण विवरण तथ्याङ्क डीएचआईस–२ प्रणालीमा अनिवार्य प्रविष्ट गर्न सूचना जारी गरी निर्देशन दिएको हो । ७ वटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जिल्लास्थित ७७ वटै स्वास्थ्य कार्यालय, ७५३ वटै स्थानीय तहहरुले माघ २१ गते शुक्रबार दिउँसो ३ बजेदेखि ४ बजेभित्र तथ्याङ्क उपलब्ध गराउन भनिएको छ ।

तपाइँको प्रतिक्रिया