शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: १८:०४ |सिड्नीको समय: १६:०४ |काठमाडौंको समय: ११:४९

साहारा एपका ग्राहक तथा राइडरलाई स्वास्थ्य उपचारमा विशेष छुट

एएनजेड खबरजनवरी २६, २०२२

काठमाडौं – अब साहारा एपका ग्राहक तथा राइडरले स्वास्थ्य उपचारमा विशेष छुट पाउने भएका छन् ।
विजनेश ग्रोथ कम्पनि प्रालिद्धारा सञ्चालित साहारा एपका राइडर तथा ग्राहकले बसुन्धराको ग्रिनसिटी अस्पतालमा १५ प्रतिशतसम्म उपचारमा छुट पाउने छन् । अस्पतालले प्रदान गर्ने सेवाको प्रकार अनुसार छुट पाउनेछन् ।
मंगलबार साहारा एपका अध्यक्ष शेखर श्रेष्ठ र ग्रिनसिटी अस्पतालका बजार प्रबन्धक श्रीकृष्ण विडारीले छुट सम्झौतामा हस्ताक्षर गरेका छन् ।
पछिल्लो समय लोकप्रिय रहेको साहारा एपले आफ्ना ग्राहक तथा राइडरलाई ध्यानमा राखेर स्वास्थ्य सेवामा पनि छुट व्यवस्था गरेको अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए । यो सम्झौताले स्वास्थ्य उपचारमा ग्राहक तथा राइडरलाई धेरै लाभ पुग्ने अध्यक्ष श्रेष्ठले विश्वास व्यक्त गरे ।
अस्पतालका बजार प्रबन्धक श्रीकृष्ण विडारीले साहारा एपसंग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । अस्पतालले प्रदान गर्ने सेवामा कुनै कमि हुन नदिने स्पष्ट पारे । आजबाटै अस्पतालले प्रदान गर्ने सेवामा ग्राहक तथा राइडरले छुट पाउने छन् ।
कम्पनीका अनुसार साहारा एपमा दर्ता भएका ग्राहक तथा राइडरले उक्त एपमा भएको आफ्नो जानकारी अस्पतालमा दिएपछि छुट पाउने छन् ।
शुन्य कमिसनमा सेवा दिइरहेको साहारा एपले ग्राहक तथा राइडरको पहिलो रोजाईमा पर्ने गरेको छ । यस अघि कम्पनिले अजोड इन्सोरेन्ससंग इन्सुरेन्स सम्बन्धी सम्झौता गरेको छ । ग्राहक तथा राइडरले ६ लाखसम्मको इन्सुरेन्स सुविधा पाउने कम्पनिका सिइओ विशाल जिसीले जानकारी दिए ।

तपाइँको प्रतिक्रिया