शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २१:०६ |सिड्नीको समय: १९:०६ |काठमाडौंको समय: १४:५१

भारतमा एकै दिमा थपिए साढे २ लाख कोरोना संक्रमित

एएनजेड खबरजनवरी १७, २०२२

काठमाडौं– भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५८ हजार ८९ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै भारतमा हालसम्म कोभिड संक्रमितको संख्या कुल तीन करोड ७३ लाख ८० हजार पुगेको छ ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३८५ जना संक्रमितको ज्यान गएको छ ।
यो सगैं मृतकको संख्यासँगै भारतमा हालसम्म कुल ४ लाख ८६ हजार ४५१ जना संक्रमितको ज्यान गएको छ ।
भारत सरकारले कोभिड–१९ को खोप लगाउन सुरु गरेको १ वर्ष पुरा भएको छ । त्यस अवधिमा एक अर्ब ५७ करोडभन्दा बढी खोपको डोज लगाइ सकिएको छ ।

तपाइँको प्रतिक्रिया