शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: १७:२१ |सिड्नीको समय: १५:२१ |काठमाडौंको समय: ११:०६

ढाकाटोपी र रातो टिकामा सजिएर मेयर उम्मेदवार नेडले गरे नेपाली समुदायसंग अन्तरकृया

एएनजेड खबरनोभेम्बर २१, २०२१
This image has an empty alt attribute; its file name is 258309333_4395918507173152_7189856391991024465_n-1-893x1024.jpg


आगामी डिसेम्वर ४ मा हुने स्थानिय निर्वाचनमा लिवरल पार्टीको तर्फवाट लिभरपुल काउन्सीलको मेयर पदका उम्मेदवार बनेका नेड मनोनले नेपालीहरुको साथ र सहयोग रहने अपेक्षा गरेको बताएका छन् ।


आईतवार लिभरपुलमा आयोजित नेपाली समुदायका अगुवाहरुसंगको अन्तकृयामा मेयर उम्मेदवार नेडले आफ्ना कार्ययोजनाहरु प्रस्तुत गर्दै आगामी दिनमा नेपाली समुदायसंग हातेमालो गर्दै अगाडी बढ्न चाहेको धारणा ब्यक्त गरेका छन् ।


पछिल्ला केही बर्षदेखि नेपालीहरुको बाक्लो वस्ती रहँदै आएको लिभरपुल क्षेत्रमा देखिएका विविध समस्या र आवश्यकताहरुका विषयमा आफु जानकार रहेका बताउदै डेनले भने समुदायका हरेक गतिविधिमा म साथमै रहन्छु । नेपाली सामुदायिक भवन, मन्दिर र पार्कहरुको निर्माण, सार्वजनिक सौचालयको ब्यवस्था लगायतका कार्यहरु आफ्नो योजनामा रहेकोले आफु निर्वाचित भएपछि त्यसलाई पूर्णता दिनेपनि नेडले प्रतिवद्धता ब्यक्त गरे ।


भेलाका संयोजक एवं सामाजिक अभियन्ता भूपाल सिटौलाले उम्मेदवार नेड मनोनलाई ढाकाटोपी पहिराएर सम्मान गरेका थिए भने गैर आवासिय नेपाली संघका अध्यक्ष नन्दु गुरुङ्गले दोसल्ला र रातो टिका लगाएर विजयको शुभकामना ब्यक्त गरेका थिए ।


कार्यक्रममा लिवरल पार्टीका स्थानिय नेता नगेन्द्र अधिकारी, सुर्य गौतम लगायतले आप्रवासी नेपालीहरुको अवस्था, स्थानिय स्तरमा भोग्नुपरेका समस्या र काउन्सीलवाट आगामी दिनमा नेपाली समुदायले गरेको अपेक्षाका वारेमा आफ्ना धारणा राखेका थिए ।


कार्यक्रममा सामाजिक अगुवा सुर्यभक्त खनाल, सुदिप ढकाल, योगन्द्र पौडेल, लिवरल पार्टीका तर्फवाट क्याम्पवलटाउन काउन्सीलमा काउन्सीलर पदका उम्मेदवारहरु विनोद पौडेल, ज्योपसना पौडेल लगायतको उपस्थिति रहेको थियो ।


स्मरण रहोस्, नेड यस अघि सन् २०१६मा पनि लिभरपुल काउन्सीलवाट मेयर पदमा निर्वाचित भईसकेका छन् भने सन् २०११ म उनी सोही काउन्सीलको उपमेयर पदमा निर्वाचित भएका थिए ।

तपाइँको प्रतिक्रिया