शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २२:२३ |सिड्नीको समय: २०:२३ |काठमाडौंको समय: १६:०८

केपी ओली तानाशाह हुन् : रामचन्द्र पौडेल

एएनजेड खबरअक्टोबर २, २०२१


This image has an empty alt attribute; its file name is ramchandra.jpg

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तानाशाह भएको आरोप लगाएका छन् ।
‘तानाशाह ओली अहिले आत्मप्रशंसामा रमाइरहेका छन्’, गृहजिल्ला तनहुँको भानु नगरपालिका–२ नारेश्वरटारमा शनिवार आयोजित पदस्थापन कार्यक्रममा पौडेलले भने ।


नेकपा एमालेको विधान अधिवेशन अधिवेशनमा जताततै ओलीका फोटैफोटो राखिएको, पुष्पलाल श्रेष्ठ, मदन भण्डारी, मनमोहन अधिकारी कसैका तस्वीर नराखीएको चर्चा गर्दै पौडेलले भने, ‘पानीका बोतलमा समेत फोटो टाँसेर बाँडिएका छन् ।तानाशाहले हो यसरी आत्मप्रशंसा चाहने । ओली आत्मप्रशंसामा रमाइरहेका छन् ।’


ओलीले देशलाई तानाशाही व्यवस्थातर्फ लैजान खोजेको भए पनि नेपाली काँग्रेसले त्यसबाट बचाएको उनले बताए ।
‘ओलीको तानाशाही सर्वसत्तावाद चल्दैन भनेर बन्दीपुरबाट मैले चुनौती दिएको हुँ’, पौडेलले भने ।


लोकतन्त्रको रक्षाका लागि लड्न नै आफूले राष्ट्रपति पद अस्वीकार गरेको नेता पौडेलले बताए । ‘रामवरणजी राष्ट्रपति बन्दै गर्दा गिरिजाबाबुले मलाई राष्ट्रपति बन्नुस् भन्नुभएको थियो,’ उनले भने, ‘मैले लोकतन्त्रका लागि लड्न राष्ट्रपति पद त्यागेको हुँ ।’

तपाइँको प्रतिक्रिया