शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: १७:०१ |सिड्नीको समय: १५:०१ |काठमाडौंको समय: १०:४६

न्यूजिल्याण्डको सुपरमार्केटमा चक्कु आक्रमण,आक्रमणकारी ६० सेकेण्डमै मारिए

एएनजेड खबरसेप्टेम्बर ३, २०२१

न्यूजिल्याण्डको एक सुपरमार्केटमा ६ जनामाथि चक्कुले आक्रमण गर्ने व्यक्ति मारिएका छन् । ६ जनालाई घाइते बनाउने हिंस्रक अतिवादीलाई प्रहरीले मारेको बीबीसीले जनाएको छ ।

न्यूजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डर्नले यो आक्रमणलाई आतंकवादी आक्रमण भनेकी छन् । आक्रमणकारी श्रीलंकाली नागरिक भएको जनाइएको छ । न्यूजिल्याण्ड सरकारले आक्रमणकारी पहिलादेखि नै निगरानीमा रहेको बताएको छ ।

आक्रमणकारी इस्लामिक स्टेट (आईएसआईएस)बाट प्रेरित भएको बताइएको छ । प्रधानमन्त्री अर्डर्नले आक्रमणकारीलाई सुरक्षाकर्मीले ६० सेकेण्ड भित्रै मारेको बताएकी छन् । उनले यो घटना निन्दनीय भएकोसमेत बताएकी छन् । आक्रमणकारी २०११ मा न्यूजिल्याण्ड पुगेको बताइएको छ ।

आक्रमणकारी हमलाको अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले निन्दा गरेका छन् ।

तपाइँको प्रतिक्रिया