शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: १४:१२ |सिड्नीको समय: १२:१२ |काठमाडौंको समय: ०७:५७

एनआरएनए अष्ट्रेलिया अवार्ड, होला त निष्पक्ष !

एएनजेड खबरसेप्टेम्बर २, २०२१


गैर आवासीय नेपाली संघ अष्ट्रेलिया (एनआरएनए)ले विभिन्न विधामा अवार्ड प्रदान गर्ने भएको छ । आगामी सेप्टेम्बर १८ मा हुने एनआरएनएको साधारण सभाको अवसर पारेर अवार्ड घोषणा गरिने एनआरएन अष्ट्रेलियाले जनाएको छ ।


प्रत्येक दुई वर्षमा वितरण गरिने यो अवार्डका लागि विभिन्न १५ विधामा आवेदन समेत माग गरिसकेको छ । त्यसैगरी अवार्डलार्ई निष्पक्ष र सहि मूल्यांकन गर्न ३ महिला सहित १५ जनाको ‘टास्कफोर्स’ समेत गठन गरिएको छ । समितिमा डाक्टर, पत्रकार, युवा अभियन्ता, ब्यवसायी लगायतसंग सम्वन्धित ब्यक्तिहरु रहेका छन् ।
एनआरएनए अष्ट्रेलियाले टास्कफोर्सले स्वतन्त्ररुपमा निष्पक्ष रहेर मूल्यांकन गर्न पाउन भन्ने उद्धेश्यले १५ सदस्यीय टासकफोर्स समितिको गठन गरेपनि नाम भने सार्वजनिक गरेको छैन ।

This image has an empty alt attribute; its file name is awaarrd.jpg


विगतका वर्षहरुमा अवार्ड वितरणका क्रममा केही विवादहरु आएकाले यस वर्ष त्यस्तो नहोस् भन्नका लागि आफूहरु गम्भीर भएर इमान्दारीता साथ लाग्ने प्रतिबद्धता सबै १५ सदस्यले लिएको र आएका आवेदनहरुको मूल्यांकन गर्ने अवार्ड समितिका एक सदस्यले एएनजेड खबरलाई बताए । तर समाजकै केहीले भने यो पटकको अवार्र्डपनि निष्पक्ष हुनेमा सामाजिक सञ्जाल मार्फत आशंका ब्यक्त गरेका छन् ।


गत अगष्ट २९ देखि आवेदन लिन सुरु गरेको समितिले आगामी सेप्टेम्बर ७ तारिखभित्र अवार्डका लागि नेपाली समाजका भित्रका जो कोहीले पनि योग्य व्यक्ति नाम सिफारिस गर्न सक्ने समयावधि निर्धारण गरेको छ । प्रेसिडेण्टल अवार्ड बाहेक अन्य सबैमा सिफारिस दर्ता गराउनुपर्ने छ । सिफारिसकर्ताले एनआरएनएले उपलब्ध गराएको तीन पाने फारममा योग्य व्यक्तिले नेपाली समाजमा पु¥याएको संक्षिप्त योगदान र परिचय भरेर इमेल गर्नुपर्ने हुन्छ ।

अवार्ड सिफारिसका लागि भर्नुपर्ने फारमका लागि यो लिंकमा क्लिक गर्नुहोस् NRNA Award Nomination Form

अवार्ड दिन लागिएको १५ विधा के के हुन् ?
स्टुडेण्ट अफ द इयर (उच्च माध्यमिक तह), स्पोर्टस् पर्सन अफ द इयर (१८ वर्ष मुनी र १८ वर्षभन्दा माथी), नेपलिज कल्चरल एम्बास्डर अफ द इयर र एनआरएनए अष्ट्रेलिया युथ पर्सन अफ द इयर अवार्ड रहेको छ । त्यस्तै एनआरएनए अष्ट्रेलिया ओमन, एनआरएनए अष्ट्रेलिया अवार्ड, फ्रेण्डस् अफ नेपाल र विजनेस पर्सन अफ द इयर अवार्ड पनि रहेका छन् । त्यस्तै कम्युनिटी सर्भिस अवार्ड, अर्गनाइजेसन अफ द इयर, मिडिया पर्सन र स्टेट पर्सन अवार्ड घोषणा गरिनेछ । त्यस्तै एनआरएनए प्रेसिडेण्ड अवार्ड १० जनालाई दिन लागिएको छ । स्टुडेण्ट अफ द इयर विश्वविद्यलय तह यसअघि नै वितरण भइसकेको छ । एनआरएनए अष्ट्रेलिया नेसनल एक्सिलेन्ट अवार्ड टाक्सफोर्सले सिफारिस भएर आएका व्यक्तिमध्येबाट छनोट गरि अवार्ड दिने जनाइएको छ । विभिन्न क्षेत्रमा रहेर नेपाली समाजलाई योगदान दिने व्यक्तिहरुलाई सम्मान गर्न अवार्ड दिने गरिएको एनआरएनए अष्ट्रेलियाले जनाएको छ ।

तपाइँको प्रतिक्रिया