शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २२:४६ |सिड्नीको समय: २०:४६ |काठमाडौंको समय: १६:३१

सिड्नीका १२ सवअर्वमा सोमवारदेखि रात्रीकालीन कर्फ्यु

एएनजेड खबरअगस्ट २२, २०२१


कोरोना भाइरसको डेल्टा संक्रमण अत्याधिक बढेपछि अष्ट्रेलियाको ब्यापारिक सहर सिड्नीका १२ वटा काउन्सील क्षेत्रमा कफ्र्यु घोषणा गरिएको छ ।
न्यू साउथ वेल्स राज्यकी प्रिमियर ग्लाडिस बेरिजिक्लियनले पश्चिमी तथा दक्षिण–पश्चिमी सिड्नीका अति कोरोना प्रभावित काउन्सिल क्षेत्रहरूमा कर्फ्युको घोषणा गरेको नियमित पत्रकार सम्मेलन मार्फत जानकारी दिएकी छिन् ।
कर्फयू लागु हुने क्षेत्रहरुमा ब्ल्याकटाउन, बरउड, क्याम्पबेलटाउन, क्यान्टरवेरी–ब्यांकसटाउन, कम्वरल्याण्ड, फेयरफिल्ड, जोर्जेज रिभर, लिभरपुल, पारामाटा,पेनरिथ र स्ट्राथफिल्ड रहेका छन् ।
यो घोषणासँगै ती स्थानीय काउन्सील क्षेत्रमा बसोबास गर्ने नागरिकहरुले बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म घरबाट निस्कन पाउने छैनन् । तर सरकारले तोकेको अत्यावश्यक कामको सूचीमा रहेकाहरुलाई भने कर्फ्युका समयमा पनि कामका लागि आवतजावत गर्न छुट दिइएको छ ।
न्यु साउथ वेल्समा गएको जुन महिनादेखि सुरु भएको महामारीले यस लहरमा ज्यान गुमाउनेहरुको कुल संख्या ७१ पुगेको छ।
हाल ५५० जनाको कोरोनाभाइरसका लागि अस्पतालमा उपचार भइरहेको र ती मध्ये ९४ जना सघन उपचारमा रहेको बताइएको छ ।
न्यू साउथवेल्सका करिब ३० प्रतिशत नागरिकले कोरोना भाइरस बिरुद्धको खोप लगाइसकेको जनाउँदै जीवनयापनलाई सामान्य रुपमा चाँडो भन्दा चाँडो लैजान भ्याक्सिन लगाउन सरकारले यहाँका नागरिकहरुसँग अनुरोध गर्दै आइरहेको छ ।

तपाइँको प्रतिक्रिया